प्रदेशमा हामी सत्तापक्ष हौं, सम्भावनाका सबै ढोका खुल्ला छन्ः मन्त्री थापा
पाेखरा | फागुन १७, २०७९
फाइल तस्विर
गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा थापाले नेकपा एमाले सत्तापक्ष नै भएको प्रतिक्रिया दिएका छन् ।
एमाले मन्त्रीहरुले संघ सरकारबाट सामुहिक राजीनामा दिएपछि पुस १० गते नेकपा (माओवादी केन्द्र)सँग भएको सम्झौता टुटेको छ । यसै प्रसंगमा मन्त्री थापाले संघमा जे भएपनि गण्डकीमा एमाले नै सत्तापक्ष भएको दाबी गरेका हुन् ।
मन्त्री थापाले यथास्थितिमै प्रदेश सरकार रहनसक्ने सम्भावना भएको जिकिर गर्दै भने, ‘संघमा जे–जे भएपनि गण्डकी प्रदेशमा हामी सत्तामै छौ, रहन्छौं, माओवादी र एमाले सँगै छ ।’
तर माओवादी र एमालेबीच स्पष्ट विभाजन भइसकेको र सत्ता समीकरण विभक्त भइसकेको प्रसंगमा सरकारका प्रवक्तासमेत रहेका थापाले अब नेपाली कांग्रेस र एमालेबीच पनि तालमेल हुनसक्ने इंगित गरे ।
‘त्यसो त माओवादी, राप्रपा र एमालेको सरकार छ यहाँ’ थापा भन्छन् ‘माथिबाट तीनै पार्टीले प्रदेशउपर निर्णय गरेको छैन, यसर्थ यही समीकरण नै सरकारमा हुने सम्भावना छ ।’
पार्टी हाइकमाण्डको निर्णय विपरित जान नमिले पनि प्रदेशको हितकाखातिर यहीबाट सरकारको खाका कोरिनसक्ने अभ्यास यसपटक हुनेमा उनको विश्वास छ । प्रदेश सरकारबाट एमाले बाहिरिए माओवादीसमेत बाहिरिनु पर्ने बाध्यता भएको उनको भनाई छ ।
प्रदेशमा राप्रपाले एमालेलाई साथ नछाड्ने भएपछि माओवादीले कांग्रेससँग सत्ता समीकरणार्थ छलफल गरिहाल्न सकेको छैन । यसबीचमा प्रदेश सरकारको भविष्य सबै पार्टीको केन्द्रीय निर्णयमा निर्भर रहनेछ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

